काठमाडौं– चर्चित नायिका ऋचा शर्माले आफ्ना प्रेमी दिपेक्षा विक्रम रानासँग बिहे गरिन्। ऋचाको बिहेमा चलचित्रकर्मी सिमित मात्र उपस्थित थिए। मिडियाकर्मीलाई पनि बिहेको दिनमा प्रवेश दिइएको थिएन। बरु, ऋचा र दिपेक्षले मिडिया, चलचित्रकर्मी, आफन्त र साथीभाईका लागि बिहिबार बिहे पार्टीको आयोजना गरेका छन्।
ऋचाले बिहेपछि भने आफ्नो सामाजिक सञ्जालमा तस्वीरहरु सार्वजनिक गरिरहेकी छिन्। ऋचाले सार्वजनिक गरेको तस्वीरमा उनको सिउँदोमा सिन्दुर रङ्गिएको छ। ऋचा आफ्ना प्रेमीलाई श्रीमान् बनाउन पाउँदा खुशी देखिएकी छिन्। नेपाली चलचित्रमा लामो समयदेखि सक्रिय ऋचाले बैबाहिक जीवनमा बाँधिएर नयाँ जीवनको सुरुवात गरेकी छिन्।
लाबिम मलमा पहिलो पटक ऋचाले दिपेक्षसँग कुरा गरेकी थिइन्। उनै, दिपेक्ष उनको जीवनसाथी बनेका छन्। कुशल अभिनयका कारण चर्चा कमाउँन सफल यी नायिकालाई धेरै जनाले सामाजिक सञ्जालमा बधाई दिएका छन्।