एजेन्सी– भारतीय टेलिभिजनको दुनियाँमा कमेडियन कपिल शर्मा सर्वाधि लोकप्रियता हाँसिल गरेका नाम हो। ‘दि कपिल शर्मा शो’ मार्फत दर्शकमाझ आइरहेका कपिलले गतबर्षको डिसेम्बरमा बिहे गरेका थिए।
कपिलले गिन्नीसँग गतबर्षको डिसेम्बरमा बिहे गरेका हुन्। आफ्नो रियालिटी शोमा सर्वाधिक व्यस्त भएपनि कपिलले परिवारलाई पनि समय दिएका थिए। उनै, कपिल बिहे गरेको एक बर्षपछि बुबा बनेका हुन्। कपिल आफैले सामाजिक सञ्जालबाट छोरीको जन्म भएको जानकारी दिएका हुन्। कपिलले छोरीको जन्म भएको भन्दै सबैको आर्शिवाद पाउने विश्वास समेत व्यक्त गरेका छन्।
कपिलले एक महिना अगाडि नै ‘कपिल शर्मा’ शोका केही भाग छायाँङ्कन सकेका थिए। शोका केही भाग पहिले नै छायाँङ्कन सकेर कपिल गिन्नी र परिवारलाई समय दिन चाहन्थे। कपिललाई बलिउडकर्मी र उनका फ्यानहरुले बधाई दिइरहेका छन्। अहिले उनी सबैको बधाईको पात्र बन्न सफल भएका छन्।