वैतडी– पाटन नगरपालिकाले वडा कार्यालय भवन निर्माणमा प्राथमिकता दिएको छ। भवन नभएका र पुराना जीर्ण भवन भएका वडा कार्यालयका भवन निर्माणमा प्राथमिकता दिएको नगरप्रमुख केशवबहादुर चन्दले जानकारी दिए।
दश वडा रहेको नगरपालिकाका तीन वटा वडाका नयाँ भवन निर्माण सम्पन्न भएको र चालू आवमा थप तीन वडाका भवन निर्माण गर्न बजेट विनियोजन भएको छ।
नगरप्रवक्ता लोकबहादुर भण्डारीका अनुसार रु ४०४० लाखको लागतमा वडा कार्यालयका भवन निर्माण सम्पन्न भएका हुन्। उनले भने, घवडा नं ३, ७ र ९ का वडा कार्यालय भवन निर्माण भएर सेवा सञ्चालनमा आइसकेका छन्।’
वडा कार्यालयको भवन निर्माण भएपछि दैनिक कामकाज गर्न सजिलो भएको वडाध्यक्ष लोकबहादुर भण्डारीले जानकारी दिएका छन्। नगरपालिकाले चालू आवमा ४, ५ र १० वडा कार्यालयका नयाँ भवन निर्माण गर्न बजेट विनियोजन भएको छ।
नगरप्रमुख चन्दले भने, ‘नगरपालिकाले वडा कार्यालयबाट प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउन वडा भवन निर्माणमा प्राथमिकता दिएको हो। (रासस)