काठमाडौं– वि.सं २०७४ साल असोज २ गते गायिका मिलन नेवार र उनका श्रीमान मेन्सन अमात्यको कानुनी प्रक्रियाबाट डिभोर्स भयो। डिभोर्स भएकाले यो खबर सार्वजनिक हुँदा मिलनलाई कुनै समस्या थिएन।
तर, मेन्सनसँगको डिभोर्सको समाचारमा जोडिएको एउटा नामले भने मिलनलाई निकै मानसिक पिंडामा पुर्याएको थियो। गायक दीपक लिम्बुसँग प्रेममा परेका कारण मिलनले मेन्सनसँग डिभोर्स गरेको खबर मिडियामा फैलिएको थियो। यो खबरले मिलन डिप्रेशनमा नै पुगेकी थिइन्। कुराकानीमा मिलनले भनिन, ‘डिभोर्सको समाचार त सामान्य नै थियो। तर, यहाँ त हुदै नभएको हल्ला फैलियो। जसलाई मलाई निकै नै ठूलो मानसिक पिंडा दियो।’
उनलाई मानसिक पिंडाबाट बाहिर ल्याउन परिवार र साथीहरुले ठुलो भूमिका खेलेका थिए। मिलनले भनिन्, ‘उहाँहरुले हौसला नदिनु भएको भए म अझै सोही अवस्थामा हुन्थेँ होला।’ तर उनले त्यो कुरा बिस्तारै भुलेर आफ्नो काममा निरन्तरता दिईरहेकी छिन्। अहिले मिलन ठिक छिन्। आफ्नो काममा खुशी छिन्। उनी गीत संगीतमै रमाइरहेकी छिन्। साथै चलचित्रको गीतमा आवाज दिन पनि व्यस्त छिन्।