बेनी —सीमा अतिक्रमणको विरोधमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीबासी धर्ना बसेका थिए।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर भारतले नेपाली कालीपानी, लिपुलेक र लिम्पीयाधुरा समेटेर हालै प्रकाशन गरेको नक्सा सच्याउन तथा नेपाली भूभागबाट भारतीय सेना तत्काल फिर्ता गराउनुपर्ने माग सहित धर्ना बसेका हुन्।
साथै काठमाडौंमा भारतीय राजदुतावास अगाडि धर्ना बस्ने कार्यक्रम पनि रहेको शाखा सभापति नवराज पौडेलले जानकारी दिए।
समाजका पूर्व वरिष्ठ उपसभापति राम्जीप्रसाद सुवेदीले सरकारले नक्सा सच्चाउन भारतसंग गरेको कुटनीतिक पहलको वेवास्ता गरेमा अन्तराष्ट्रिय समुदायको साथ लिनुपर्ने बताए।