काठमाडौँ – तेह्रौँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष तर्फको फुटबलमा कप्तान सुजल श्रेष्ठ फाइनलका लागि फिट भएका छन्।
नेपाली टोलीले आज दिउँसो ३ बजे भुटानसँग कडा प्रतिस्पर्धा गर्ने छ। कप्तान सुजल समूह चरण अन्तर्गत बंगलादेशसँगको खेलमा चोटग्रस्त भएका थिए।
श्रेष्ठले भनेका छन्, ‘म आजको खेलका लागि फिट छु र हामी फाइनल खेलका लागि तयार भएका छौँ।’ उनले दर्शकसँग साथका लागि आग्रह पनि गरेका छन्।