एजेन्सी– सामसङ ग्यालेक्सी एस इलेभेन को डिजाइन लिक भएको छ। जसअनुसार सन् २०२० मा विश्व बजारमा सार्वजनिक हुने उक्त स्मार्टफोनमा १०८ मेगा पिक्सेलको क्यामरा रहने उल्लेख गरिएको छ।
यसअघि पनि सामसङ ग्यालेक्सी एस इलेभेन को विषयमा विभिन्न विषयहरु बाहिर आएका थिए। जसमा साओमीको एमआई नोट टेनमा प्रयोग भएको क्यामरा सामसङ एस इलेभेनमा प्रयोग हुने कुरा आएको थियो।
एमआई नोट टेनमा पनि १०८ मेगा पिक्सेलकै क्यामरा प्रयोग गरिएको भएता पनि सामसङ ग्यालेक्सी एस इलेभेनमा प्रयोग हुने क्यामरामा भने ठुलो अन्तर हुने दाबी गरिएको छ। सामसङ ग्यालेक्सी एस इलेभेनमा प्रयोग भएको क्यामरामार्फत एटके भिडियो खिच्न सकिने उल्लेख छ। जसलाई मोबाइल क्यामराको दुनियमा आजसम्मकै ठूलो उपलब्धिको रुपमा हेरिएको छ।
सामसङ ग्यालेक्सी इलेभेन सीरिजका स्मार्टफोनमा प्रयोग हुने भनिएको १०८ मेगा पिक्सेल क्यामराले प्रति सेकेन्ड ३० फ्रेमको एटके भिडियो रेकर्ड गर्न सक्ने जनाइएको छ।