काठमाडौं– लोकप्रिय गायिका जमुना शर्माको स्वरमा नयाँ गीत ‘कानैमा झुम्का’ भिडियो सार्वजनिक भएको छ। महेश ज्ञवालीको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा अरुणी वाईवा र सन्तोश बानिँयाको अभिनय रहेको छ। गायिका शर्माले लामो समयको अन्तरालमा शर्माले ‘कानैमा झुम्का’ बजारमा ल्याएकी हुन्। रेबल क्रियशनको प्रस्तुती रहेको गितलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन्।
गीतको भिडियोमा अर्जुन सापकोटाको छायाँङ्कन, सुप्रिम पराजुलीको सम्पादन रहेको छ। सन्तोष बानियाँले यसै भिडियो मार्फत मोडलिङमा प्रवेश गरेका हुन्। रेवेल ईन्टरटेन्मेन्ट यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।
https://youtu.be/omQKOex19BA