धरान– ‘स्टेट वान सिङ्गिङ’ आइडलको अन्तिम प्रतिस्प्रधा बुधबार हुने भएको छ। धरानस्थित सभागृहमा आयोजना हुने प्रतियोगिताको फाइनलमा ९ प्रतियोगीहरु भिँड्दैछन्।
रेडमुन इन्टरटेनमेन्टको आयोनामा रहेको प्रतियोगितामा बिभिन्न चरणको अडिसन हुँदै भोजपुरको सुदेश राई, झापाकी जस्मिन बराल, सुनसरीकी प्रिया लामा, उदयपुरकी शोभा तामाङ, पाँचथरको डेबिट लिम्बु, धनकुटाकी शान्ता लिम्बु, धनकुटाको हिमाल मगर, सुनसरीकी शोभा कुलुङ्ग र झापाको समिर मोते फाईनलमा पुग्न सफल भएका हुन्।
बरिष्ठ गायक दीप श्रेष्ठ प्रमुख निर्णायक रहने प्रतियोगितामा एनआरएन कोरियाका सल्लाहकार गंगाराज राई र संगीतकार, गायक तथा प्राज्ञ रामकुमार लगायत रहेका छन्। प्रतियोगिताको बिजेताले शीर्ष उपाधिको साथमा भेस्पा स्कुटिमोटर बाइक, दोस्रोले ७० हजार र तेस्रोले ५० हजार नगद पुरस्कार पाउने आयोजक टिमले बताएको छ।