एजेन्सी– आइफोन निर्माता कम्पनी एप्पलले सन् २०१७ मा आइफोन ८ बजारमा ल्यायो। सोही अनुसार आइफोन एट पछि आइफोन नाइनको पालो थियो। तर एप्पलले आइफोन ८ पछि उसले एकैचोटी आइफोन एक्स लञ्च र्गयो। तर अब भने एप्पलले आइफोन ९ बजारमा ल्याउँदैछ।
समाचार अनुसार आइफोन ९ अहिले सम्मकै सस्तो मूल्यको आइफोन हुने बताइएको छ। एप्पलको आगामी सस्तो मोडेलको आइफोनको नाम आइफोन एसइटू हुने बताइएको थियो। तर पछिल्लो खबर अनुसार एप्पलले आइफोन नाइनकै नामबाट नयाँ संस्करणको सस्तो मूल्यको आइफोन बनाउन लागेको हो।
प्रविधिसँग सम्बन्धित विभिन्न अन्तर्रा्ष्ट्रिय समाचार माध्यमहरुका अनुसार नयाँ डिभाइसको डिजाइन चाहीँ आइफोन ८ को जस्तै हुनेछ। यद्यपि यसको आन्तरिक डिजाइन चाहिँ आइफोन ११ सिरिजबाट प्रभावित हुने बताइएको छ। आइफोन एटमा जस्तै नयाँ आइफोनमा पनि ४.७ इन्चको एलसिडी डिस्प्ले हुनेछ। जसमा टच आइडीको साथमा होम बटन तथा निकै पातलो भेजल्स रहनेछ।
आइफोन नाइनमा ए १३ बायोनिक चिप रहनेछ जुन एप्पलको आइफोन ११ मा रहेको छ। साथै आइफोन नाइनमा एप्पलको पछिल्लो अपरेटिङ सिस्टम आइओएस १३ हुनेछ। यो आइफोनमा ३ जिबीको र्याम र ६४ वा १२८ जिबीको इन्टर्नल मेमोरी उपलब्ध हुने बताइएको छ।
एप्पलले सन् २०२० को पहिलो त्रैमासिक भित्र नै आइफोन नाइन सार्वजनिक गर्ने अनुमान गरिएको छ। यसको सुरुवाती मूल्य ३ सय ९९ डलर तोकिने बताइएको छ।