एजेन्सी– माइक्रोसफ्टले टुडु लिस्ट एप वन्डरलिष्ट बन्द गर्ने भएको छ। माइक्रोसफ्टले मे ६, २०२० बाट वन्डरलिष्ट एप बन्द गर्ने घोषना गरेको हो।
वन्डरलिष्टलाई माइक्रोसफ्टले १८.६ मिलियनमा जुन १, २०१५ मा खरिद गरेको थियो। वन्डरलिष्ट बन्द भएपनी प्रयोगकर्ताले कन्टेन्टलाई माइक्रोसफ्ट टुडु एपमा लिन सक्ने छन्।
यसको लागि प्रयोगकर्ताले माइक्रोसफ्ट टुडु एपमा गएर वन्डरलिष्ट इम्पोटर प्रयोग गर्न सक्ने छन्। जनवरी १, २०१४ बाट अहिले सम्म आइओएस र एन्ड्रोइमा वन्डरलिष्ट २६ मिलियन डाउनलोड भैसकेको छ।