काठमाडौं– लोकप्रिय गायक तथा सर्जक शिरिष देवकोटाको मार्मिक सोलो गीत ‘अन्जुली’ सार्वजानिक भएको छ। शिरिष देवकोटाकै शब्द संगीत रहेको गीतमा म्यूजिक भिडियोमा पनि शिरिष देवकोटा स्मृति तिमल्सीना ‘गुरुआमा’ लगायतका कलाकारको अभिनय रहेको छ।
गीतको भिडियो निर्देशन स्मृति तिमल्सीना ‘गुरुआमा’ ले नै गरेकै छिन्। गीतको भाका एकदमै मौलिक रहेको छ। कौरा र दोहोरी लगायतका गीतहरुबाट आफ्नो पहिचान बनाईसकेका देवकोटाको यो सृजना अलि पृथक छ। समाजमा एकदमै लोप हुन लागेका भाकाहरु खोज्ने देवकोटा कुशल सर्जक हुन्। उनका हरेक सृजनाले धेरैको मन जितिसकेका छन्। पछिल्लो समयका गीतमा उनको यो गीतले छुट्टै समाजको यथार्थ भाव बोकेको छ। उनको आफ्नै यूटूब च्यानलबाट बजारमा उपलब्ध छ।