काठमाडौँ– पछिल्लो समय विश्वमा अनलाइनको माध्यमबाट व्यवस्थित ट्याक्सी सेवा सञ्चालन भइरहँदा नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको देखिन्छ। यसै क्रममा अनलाइन ट्याक्सी सेवा प्रदायक कम्पनी ‘यात्रु’ले मोबाइल एप सार्वजनिक गरेको छ। मोबाइल एपको माध्यमबाट यात्रुले ट्याक्सी आफ्नो घर तथा कार्यालयमै बोलाउन सक्नेगरी उक्त सेवा सुरु गरेको हो।
ग्राहकले आफ्नो मोबाइलमा ‘यात्रु’ नामक एप डाउनलोड गरी प्रयोग गर्न सकिन्छ। एपसँगै फोन र एसएमएसको माध्यमबाट उक्त सेवा लिन सक्ने व्यवसस्था मिलाइएको कम्पनीले जनाएको छ। ग्राहकले मोबाइल एपको माध्यमबाट ट्याक्सी अर्डर गर्छन्। अर्डर गरेपछि कम्पनीले सम्बन्धित ग्राहकको मोबाइल नम्बरमा फोन गर्छ।
यसरी कम्पनीले ट्याक्सी अर्डर गरेको स्थान र गन्तव्य सम्बन्धी जानकारी लिन्छ। त्यसपछि सेवाबापत लाग्ने शुल्कबारे बताउँछ। ग्राहकले शुल्क बुझेपछि सेवा लिन चाहेमा वा अर्डर यात्रुको ट्याक्सीले अर्डर स्वीकृत गर्छ। ग्राहकले भनेको स्थान नजीक ट्याक्सी उपलब्ध नभए अर्डर नलिइने व्यवस्था कम्पनीले गरेको छ।
ग्राहकले फोन मार्फत ट्याक्सी अर्डर गर्दा १६६००१७००७० डायल गर्नुपर्छ भने र एसएमएस गर्दा ३७००१ मा पठाएर ट्याक्सी अर्डर गर्न सक्नेछन्।
यात्रु जस्तौ सारथी, पठाओ लागएतले पनि काठमाडौं उपत्यकामा अनलाइन ट्याक्सी सेवा दिइरहेका छन्।