एजेन्सी– चीन सरकारले आफ्ना सरकारी कार्यलयमा विदेशी सफ्टवेयर र हार्डवेयर प्रयोगमा प्रतिवन्ध लगाएको छ। चीन सरकारले आगामी तीन वर्षभित्र चीनको सरकारी कार्यलयमा रहेका विदेशी सफ्टवेयर तथा हार्डवेयरलाई आफ्नै सफ्टवेयरले प्रतिस्थापन गर्न कार्यलयहरुलाई निर्देशन दिएको हो।
यो निर्देशन निजि कम्पनीहरुमा भने लागु हुने छैन्। सफ्टवेयर र हाडवेयर प्रतिस्थापनका लागि ठुलो लागत पर्ने भएकाले निजि क्षेत्रमा यो लागु नगरिएको उल्लेख गरिएको छ। चीन सरकारले लिएको यो निर्णयसँगै एचपी, डेल, माइक्रोसफ्ट लगाएतका ठुलो सफ्टवेयर र हार्डवेयर सप्लायर्स कम्प्नीलाई भने असर पर्ने भएको छ।
वेइजिङ सरकाले आफ्ना सम्पूर्ण सरकारी कार्यलय तथा सार्वजनिक संस्थाहरुमा केही महिना अघिनै तीन वर्ष भित्र आफ्नो कार्यलयमा प्रयोग भएको कम्प्युटर, अपरेटीङ सिस्टम लगाएतका विदेशी हार्डवयर र सफ्टवेयर हटाउन निर्देशन दिएको थियो।
सन् २०२० बाट यो निर्देशन लागु हुने जनाएको छ। पहिलो वर्ष कार्यलयमा रेहका ३० प्रतिशत विदेशी सफ्टवेयर र हार्डवेयर हटाइने छ। भने, सन् २०२१ मा ५० प्रतिशत र सन् २०२२ मा २० प्रतिशत गरि ३–५–२ को मोडल अपनाइने जनाइएको छ।
केही महिना अघि चीन सरकारले आफ्नो शैनिकलाई विन्डोज अपरेटीङ सिस्टमको विकल्पको रुपमा आफ्नै अपरेटिङ सिस्टम बनाउन निर्देशन दिएको थियो। सोही समयमा सरकारी कार्यलयबाट विदेशी सफ्टवेयर र हाडवेयर हटाउने निर्णय भएको हुने सक्ने आकलन गरिएको छ।