काठमाडौं– साग खेलकुद पछि नेपालमा अर्को ठूलो कार्यक्रम रहेको छ। अन्तराष्ट्रिय पर्वतीय फिल्म महोत्सव (किम्फ) को १७ औं संस्करणमा २९ देशका ६९ फिल्म प्रदर्शन हुने भएको छ।
पर्वतीय विषयवस्तुमा आधारित फिल्म महोत्सव आगामी मंसिर २५ देखि २९ सम्म राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुनेछ। नेपाली पानारोमाअन्तर्गत यसपटक १४ वटा फिल्म समावेश छन्।
महोत्सवमा १७ वटा फिल्म प्रतिस्प्रर्धात्मक खण्डमा समावेश छन्। महोत्सवको अन्तर्रा्ष्ट्रिय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख ५० हजार र एक लाख रुपैयाँ जित्नेछन्।
‘नेपाल पानोरामा’ अन्तर्गत उत्कृष्ट हुने कथानक (फिक्सन) र गैर–कथानक (ननफिक्सन) फिल्मलाई क्रमशः एक लाख र ७५ हजार रुपैयाँ प्रदान गरिनेछ। कथानक विधातर्फको पुरस्कार मिला प्रोडक्सनले र गैर–कथानकविधातर्फको पुरस्कार राशी चलचित्र विकास बोर्डले प्रायोजन गर्नेछ।
किम्फको समय तालिका हेर्नुहोस्
https://drive.google.com/file/d/1agGDcxHQzCQd1IVFNHpuJ3_m4BlHLlhD/view