काठमाडौं–लोकप्रिय गायक तथा सर्जक बाल कुमार श्रेष्ठ र चर्चित गायिका अञ्जु पन्तको आवाजमा रहेको निकै उत्कृष्ट गीत ‘छैन मलाई डर’ केही समय अगाडि मात्र सार्वजनिक भएको छ। माया प्रेममा एक अर्काको आड र भरोसा हुँदा डर हुँदैन भन्ने विषय बनाइ तयार पारिएको सो गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट र रहेको छ।
निर्मला श्रेष्ठको शब्द तथा बालकुमार स्वयमको संगीत रहेको सो गीतको म्युजिक भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन भने विष्णु शर्माले सम्पादन गरेका छन्। गीतमा लालुमै गीतबाट चर्चामा आएकी मोडल सृष्टी खड्का र उमंग श्रेष्ठका दमदार अभिनय देख्न सकिन्छ।
जुन गीतलाई छोटो समयमा निकै रुचाईएको छ। अन्जु पन्त र बालकुमार श्रेष्ठको गायिकी लाई पनि दर्शकहरुले असाध्यै रुचाएका छन्। यो गीतको चर्चा पछि बाककुमारलाई झनै मेला महोत्सबमा अफर आईरहेको छ। चन्द्र सूर्य फिल्मस् प्रा.लि बाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=q9KsLj5Lff4