एजेन्सी– बार्सिलोना सँग इन्टर मिलान २–१ ले पराजित सँगै च्याम्पियन लिग बाट बाहिरिएको छ। मंगलबार राति यूईएफए च्याम्पियन्स लिग अन्तर्गत इन्टर मिलानको घरेलु मैदानमा युवा फरवार्ड अन्सु फातीको कीर्तिमानी गोल गरेपछि बार्सिलोनाले मिलानलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ।
मिलानको घरेलु मैदानमा २–१ को जित दर्ता गर्ने क्रममा फातीले खेलको ८५ औं मिनेटमा मैदान प्रवेश गरेका उनले दोस्रो मिनेटमा नै गोल गर्न सफल रहे। यससँगै फातीले च्याम्पियन्स लिगकै इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। उनी च्याम्पियन्स लिगमा गोल गर्न सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्।
त्यसअघि बार्सिलोनाले खेलको २३ औं मिनेटमा कार्लेस पेरेजको गोलमा अग्रता लिएको थियो । पेरेजले च्याम्पियन्स लिगमा डेब्यु गरेकै खेलमा गोल गर्न सफल रहे। इन्टरले खेलको ४४ औं मिनेटमा रोमेलु लुकाकुको गोलमा बराबरी गोल फर्कायो। जित दर्ता गर्न नसकेपछि घरेलु टोली इन्टरको च्याम्पियन्स लिग यात्रा भने सकिएको छ।
अर्को खेलमा बोरुसिया डर्टमुन्डले स्लाभिया प्रागमाथि २–१ को जित दर्ता गर्यो। यस नतिजासँगै बार्सिलोना समूह विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ भने इन्टर समूह चरणबाट बाहिरिएको छ। बार्सिलोनाले ६ खेलमा १४ अंक जोड्दा बोरुसियाले ६ खेलमा १० अंक जोड्यो। ६ खेलमा ७ अंक जोडेको इन्टरले अब युरोपा लिग खेल्नेछ।