एजेन्सी– न्यूजील्यान्डको ह्वाईट आईल्यान्डमा ज्वालामुखी विस्फोटमा परेर छ जनाको मृत्यु भएको पुष्टि भएको छ भने २ जनाको अझैँ खबर भएको छैन्।
अधिकारीहरुले भने ८ जना कै मृत्यु भएको अनुमान गरेका छन्। उक्त ज्वालामुखी विस्फोटममा परि ३० जना घाइते भएका छन्। घाइते मध्ये २५ जनाको अवश्था गम्भिर छ भने ५ जना सामान्य घाइते भएका छन। उनीहरुको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
वाखरीको नामाले पनि प्रख्यात ज्वालामुखी सोमबार पर्यटकहरू घुमिरहेको बेला विस्फोट भएको थियो। तर ३४ जनालाई जीवितै उद्धार गरिएको थियो। अधिकारीहरुको अनुसार उनीहरु मृतकहरुको शव पहिचान गरेर आफ्नतको जीम्मा लाउने लक्ष्यले प्रकोप विशेषज्ञहरुसँग काम गरिरहेका छन्।
मृत्यु हुनेमा नजिकैको सहर ह्वाकातानेको पर्यटक गाइड ह्याडेन मार्सल इनमान रहेका छन्। त्यस्तै एक मलेसियाको नागरिक रहेको देशको उच्च आयोगले जनाएको छ। अष्ट्रेलियाबाट आएका आमा र छोरीले पनि त्यहीँ ज्वालामनखिमा परेर ज्यान गुमाएका पुष्टी भएको छ।