एजेन्सी– बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोण रिलिजको संघारमा रहेको आफ्नो फिल्म ‘छपाक’ को ट्रेलर लञ्च कार्यक्रममा पुगेकी छिन्। दीपिका फिल्मबारे कुरा गर्दै–गर्दा निकै भावुक भइन् र रोइन् पनि। दीपिकाले भनिन्, ‘म ट्रेलर हेरेपिच्छे राइरहेकी हुन्छु। म यतिमात्र भन्न चाहन्छु कि यो ती फिल्म मध्येको एक हो जसमा अभिनय गर्ने निर्णय तपाईंले निर्देशक सँगको मिटिङको केही मिनेटभित्रै लिनुहुन्छ। ‘छपाक’ मेरो लागि त्यही फिल्म हो। मेघना, यो फिल्मका लागि तपाईंलाई धेरै धेरै धन्यवाद। यो मेरो करियरको सबैभन्दा उत्कृष्ट फिल्म मध्येको एक हुनेछ। हामीले यसलाई निकै प्रेम, जिम्मेवारीका साथ बनाएका छौं।’
सिनेमा महत्वपूर्ण माध्यमः दीपिका
दीपिकाले सिनेमाबारे कुरा गर्दै यसलाई महत्वपूर्ण र शक्तिशाली माध्यम बताएकी छिन्। उनले भनिन्, ‘तपाईं यो कुरामा अस्विकार गर्न सक्नु हुन्नँ कि सिनेमा शसक्त माध्यम हो र यसले धेरै मानिसलाई प्रभावित गर्छ। मलाई थाहा छैन, मेरो व्यक्तिगत जीवनको संघर्ष र यो कथासँग मेरो कुनै सम्बन्ध छ छैन। मलाई यो पनि थाहा छैन कि यो भूमिका र कथामा त्यस्तो के छ जसले मलाई यो फिल्ममा अभिनय गर्न बाध्य बनायो। मलाई यो कुनै घटनामाथि नभई ती युवतीको यात्रा र जितमा आधारित जस्तो लाग्छ।’