चितवन– आज (बुधबार)देखि भरतपुर विमानस्थल सञ्चालनमा आएको छ। नागरिक उड्डयन प्राधिकरण भरतपुरले धावन मार्ग मर्मत र रङरोगन गर्नका लागि मङ्सिर १५ गतेदेखि सो विमानस्थल बन्द गरेको थियो।
कार्यालयका प्रमुख पवनकुमार गौतमको अनुसार धावन मार्गको मर्मतको काम सकेलगतै विमानस्थल आजदेखि सञ्चालनमा ल्याइएको हो।
विमानस्थलको धावनमार्गमा मर्मतसम्भार र माथि कालोपत्रे थप गरिएको छ। गौतमले धावनमार्ग मर्मतसँगै भ्रमण वर्षलाई लक्षित गर्दै विमानस्थललाई आकर्षक बनाइएको बताएका छन्।