एजेन्सी– बलिउडका चर्चित नायक शाहिद कपूरको फिल्म ‘कबीर सिंह’ लाई दर्शकले निकै रुचाएका छन्। उनको सो फिल्मले बक्स अफिसमा पनि राम्रो कमाई गरिरहेको छ। दर्शकले फिल्ममा शाहिद कपुरको अभिनयको अत्यधिक तारिफ समेत गरेका छन्। यसैकारण यो फिल्म सन् २०१९ को हिट फिल्मको सूचीमा समावेश भएको छ।
नायक कपूर लाई एक अवार्ड कार्यक्रममा यही कुराले नराम्रो लाग्यो। पिंकभिलाका अनुसार शाहिद कपूर एक अवार्ड कार्यक्रममा समावेश भएका थिए तर कबिर सिंहमा अभिनयका लागि उनलाई कुनै पनि अवार्ड दिइएन। जसका कारण उनी निकै रिसाए र कार्यक्रमलाई बिचमा नै छोडेर हिँडे। यस बाहेक शाहिद कपुरले कार्यक्रममा आफ्नो प्रस्तुती दिन पनि अस्विकार गरे।
किन रिसाए शाहिद कपूर?
एक स्रोतका अनुसार शाहिद कपूर कार्यक्रम निर्मातासँग निकै रिसाए,किनभने उनले कबिर सिंहबाट अभिनयको भिन्न स्केल सेट गरेका छन्। रणवीर सिंहले अवार्ड पाउने बित्तिकै शाहिद कपुर जुरुक्क उठे र कार्यक्रमबाट हिँडे। त्यहाँ उनले आफ्नो प्रस्तुती दिनु थियो तर उनले यस्तो गरेनन्। रिपोर्टलाई मान्ने हो भने शाहिद कपुरलाई कार्यक्रम बिचमा नै छोड्नु पर्दा कार्यक्रम आयोजकलाई पनि झट्का लाग्यो। कामको कुरा गर्ने हो भने शाहिद कपुर फिल्म जर्सीको सुटिङ्मा व्यस्त छन्। यो फिल्ममा उनीसँग बुवा पंकज कपूर पनि देखिएका छन्।