तस्विर : अनलाईन खबरबाट
काठमाडौं– नायिका करिश्मा मानन्धरले नेपाली चलचित्रकी उज्वल नक्षत्र हुन्। उनले नेपाली चलचित्रलाई यो अवस्थामा पुर्याउनमा ठूलो योगदान दिएकी छिन्। चलचित्र सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर फर्किएपछि करिश्माले आक्रोश पोखेकी हुन्। उनले लेखेकी छिन्, ‘एक वक्ताले भन्नुभयो कि सिनियरहरुले भन्नुहुन्छ नेपाली चलचित्रको इतिहास ५० बर्षको छ । तर, म यो मान्दिन। नेपाली चलचित्रको इतिहास १० बर्षको मात्र छ।’
करिश्माले ती वक्ताप्रति आक्रोश पोख्दै लेखेकी छिन्, ‘त्यसो भए त के हामी अस्तित्वमा थिएनौ। हामीले भोगेको घाम, पानी, तिर्खाको वेमतलव?’ आफूहरुले भागेको घाम, पानी, भोक, तिर्खाको बेमतलव भन्दै उनले प्रश्न समेत गरेकी छिन्। करिश्माले आफूले जुन समयबाट चलचित्र क्षेत्र सुरु गर्यो, सोही समयबाट मात्र चलचित्रको इतिहास शुरु भएको भन्नु संङ्कुचित सोच भएको समेत उल्लेख गरेकी छिन्। उनले अगाडि भनेकी छिन्, ‘यो दश बर्षको विचमा म त खोई, आठ–दस वटा भन्दा बढी चलचित्रको नाम गन्न सक्दिन, जुन उत्कृष्ट थिए। जबकि हरेक बर्ष सयौ चलचित्र बन्छन्।’
करिश्माले नेपाली चलचित्रमा आज पनि राज गर्ने हल मालिक, वितरक, निर्माताको उदय ने ९० र २००० को दशकमा भएको समेत उल्लेख गरेकी छिन्। उनले, इतिहासलाई टेकेर नै सबै जना उभिएको भन्दै यसलाई नभुल्न चेतावनी समेत दिएकी छिन्। करिश्माले, जो माथि आक्रोश पोखिन्, उनको नाम भने सामाजिक सञ्जालमा उल्लेख गरेकी छैनन्। जुन कुराले गर्दा करिश्मा फेरि अर्को चर्चामा रहेकी छिन्।