एजेन्सी– मंगलबार सोमालियाको राजधानी मोगादिशूको एउटा होटलमा घातक आक्रमण भएको छ। प्रहरी र आक्रमणकारीबीच सात घण्टासम्म त्यहाँ लडाई भएको थियो। हाल अवस्था सामान्य छ।
उक्त आक्रमणमा ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तीन जना नागरिक हुन् भने दुई जना सैनिक रहेका छन्। त्यस्तै पाँच जना आतंककारीहरु उक्त गोलीबारीमा मारिएका अधिकारीहरु जनाउँछन्। देशका सुरक्षा बलका दुई सदस्य लगायत ११ जना घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरी र सरकारी अधिकारीहरुका अनुसार पाँच जना भारी हतियारधारी बन्दुकधारीले सुरक्षा गार्डलाई परास्त गरेर माथिल्लो एसवाईएल होटेलमा आक्रमण गर्दा उक्त झडप सुरु भएको हो। दर्जनाैं मानिसलाई होटलबाट हटाइएको थियो। यस घटनाको थप अनुसन्घान भइरहेको प्रहरीले जनाएको छ।