एजेन्सी– वलिउड अभिनेत्री अनुष्का शर्मा र उनको श्रीमान क्रिकेटर विराट कोहलीले आज दोस्रो विवाहको ‘दोस्रो बर्षगाँठ’ मनाइरहेका छन्। उनीहरुको विवाह २०१७ को डिसेम्बर ११ मा ईटलीमा भएको थियो। उनीहरुले एकअर्कालाई शुभकामना दिदै सामाजिक सञ्जालमा तस्विर साझा गरेका छन्।
अनुष्काले आफ्नो विाहको फोटो सियर गरेर शुभकामना दिएकी छिन्। उनले लेखेकी छिन्, ‘कोही अन्य व्यक्तिसँग प्रेम गर्नु भनेको भगवानको अनुहार देख्नु सरह हो – विक्टर ह्यूगो। प्रेम भावना मात्रै होइन, यो त्योभन्दा पनि ठूलो हो। यो एक मार्गदर्शक, एक प्रेरक र पूर्ण सत्यको मार्ग हो।’
विराटले पनि मोनोक्रोम फोटो राखेर शुभकामना दिएका छन्। उनले लेखेका छन्, ‘वास्तवमा यहाँ प्रेम मात्रै छ अरु केही छैन। र जब ईश्वरले तपाईंलाई ती व्यक्ति आशिर्वादको रुपमा दिन्छन् तब तपाईंसँग एउटै मात्र भावना हुन्छ, आभार।’