एजेन्सी– भारतमा जारी टी–२० क्रिकेट सिरिजको तेस्रो, अन्तिम तथा निर्णायक खेलमा भारत र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुँदैछ। यसअघिको दुई खेलमा एक एक खेल जित्दै सिरिजमा बराबरी गरेका दुई टिमको निर्णायक खेल प्रतिस्पर्धात्मक तथा रोमाञ्चक हुने अनुमान गरिएको छ।
पहिलो टी–२० खेलमा भारतसँग ६ विकेटले पराजित भएको वेस्ट इन्डिजले दास्रो टी–२० मा ८ विकेटको जित निकाल्दै आफू कमजोर नभएको प्रमाणित गरिसकेको छ। सिरिजको पहिलो खेलमा वेस्ट इन्डिजले सिम्रन हेटमेयरको अर्धशतकमा २ सय ७ रनको विशाल योगफल तयार गरेको थियो। तर भारतले कप्तान विराट कोहलीको नटआउट ९४ रनको शनसनीपूर्ण पारीमा २ सय ८ रनको विजयी लक्ष्य पूरा गर्दै जित निकाल्यो।
दोस्रो टी–२० खेलमा पहिले ब्याटिङ गरेको भारतले सिभम दुबको अर्धशतकमा वेस्ट इन्डिजलाई १ सय ७१ रनको विजयी लक्ष्य दिएको थियो। वेस्ट इन्डिजले लेन्डल सिम्मोनको ६४ रनको नटआउट पारीमा उक्त लक्ष्य ९ बलअघि नै पूरा गर्दै सिरिजमा १–१ को बराबरी ग¥यो।
दुई देशबीचको टेष्ट मुम्बईको वानखेडे स्टेडियममा नेपाली समयअनुसार सवा ७ बजे शुरु हुनेछ। हुनेछ। तर यसअघि मुम्बईमा भएका टेष्ट क्रिकेटमा वेस्ट इन्डिजले हारेको छैन। भारतलाई आजको खेलमा जित निकाल्दै सिरिज आफ्नो नाममा गर्दै इतिहास बदल्ने अवसर छ भने वेस्ट इन्डिजलाई अघिल्लो खेलमा जस्तै जित निकाल्दै सिरिजकासाथै इतिहास जोगाउने चुनौति छ।