काठमाडौं– अहिलेकी लोकप्रिय नायिका केकी अधिकारीले अभिनय गरेको चलचित्र ‘छ माया छपक्कै’ असोजमा रिलिज भयो। चलचित्रले बम्पर कमाई गर्दै गर्दा केकीको कामको पनि प्रशंसा भयो। भलै, केकीले चलचित्र सफलताको पूर्ण क्रेडिट भने पाइनन्।केकी अधिकारीलाई अभिनय गर्न जान्ने दक्ष नायिका भनेर चिनिन्छ। केकीकै कारणले गर्दा चलचित्रले बक्स अफिसमा उछाल त ल्याउँदैन। तर, चलचित्रमा उनले हरेक भूमिका निर्वाह गर्न भने सकेको देखिन्छ।
उनै, केकी अधिकारीका दुई तस्विर सार्वजनिक भएका छन्। एक तस्विरमा उनी गाउँकी सोझी यूवतीको भूमिकामा देखिएकी छिन् भने अर्को तस्विरमा उनी बोल्ड अवतारमा देखिएकी छिन्। केकी चलचित्र ‘झिंगे दाउ’ को छायाँङ्कनमा व्यस्त छिन्। केकीको यो भूमिकाले तारिफ पाउने अपेक्षा गर्न सकिन्छ।
अर्कोतिर, केकीले आइटम नृत्य गरेको चलचित्र ‘सेल्फी किङ्ग’ को ‘जाली रुमाल’ बोलको गीत केही दिनमै सार्वजनिक हुँदैछ। यो गीतमा भने केकी बोल्ड अवतारमा देखिएकी छिन्। यी दुई रुपले केकीमा अभिनयको विविधता झल्काउँछ।