एजेन्सी– इपिएस प्रणाली मार्फत रोजगारीका लागि दक्षिण कोरिया गएका एक नेपालीले आफैले घाँटी काटेर आत्महत्या गरेका छन्।
कोरियन प्रहरीका लागि नेपाली भाषा अनुवादक मुक्त गुरुङका अनुुसार ख्याङ्गिदो स्थित एक कम्पनिमा कार्यरत पाल्पाका कुश बहादुर थापाले सुसाइड नोट लेखि चक्कुले आफ्नो घाँटी काटेर आत्महत्या गरेका हुन्।
थापा ४ बर्ष १० महिनाको भिषा समाप्ति पछी पुनः कोरिया आएका थापाले ‘‘कुलतको ओभर डोजले सेन्स गुमाउदै छु, जितिन यो संसारमा, बाँचे खुसि र हिम्मतका साथ, बाँचे इश्वरलाई करोड धन्यवाद’’ भनि सुसाइड नोटमा लेखेका छन्।
उनि कार्यरत कम्पनीमा अन्य ३ जना नेपाली पनि कार्यरत छन्। घाँटीमा चक्कु प्रहार गरि मृत अबस्थामा भेटेपछि संगै कार्यरत नेपालीहरुले प्रहरीलाई खबर गरेका थिए। सिसिटिभी फुटेजको आधारमा थापाले आत्महत्यानै गरेको प्रहरीले पुष्टि गरेको भाषा अनुवादक मुक्त गुरुङले आफ्नो फेसबुक स्टाटस मार्फत जनाएका छन्।
कोरियामा गत बर्षहरुका तुलनामा यो वर्ष आत्महत्या गर्ने नेपालीको संख्यामा केहि कमि आएको भएतापनि यस्तो प्रकृतिले आत्महत्या गरेको यो पहिलो पटक हो।