काठमाडौं– मङ्सिर महिना भनेको बिहेको महिना पनि भनिन्छ। यो महिनामा नायिका ऋचा शर्माले बिहे गरिन्। नेपाली चलचित्रका नायिकाहरुको बिहेको महिनामा चर्चा अझै बढ्छ। अविवाहित नायिकाको बिहे कहिले जस्ता शिर्षक मिडियामा छाउँछन्। यो बर्ष नायिका ऋचा शर्मापछि अर्की नायिका आँचल शर्माले बिहे गर्ने चर्चा पनि चलेको छ। यता, नायिका नीता ढुंगानालाई भने बिहे गर्ने चाहना बढेको छ।
नायिकाले फेसबुकमा लेखेकी छिन्, ‘तिम्रो घरमा बेहुली भएर आउन मन छ।’ नीताले कुनै अज्ञात व्यक्तिको घरमा बेहुली भएर आउन मन लागेको उल्लेख गरेकी छिन्। नीताको यो स्टाटसले पनि उनलाई मङ्सिर महिना लागेसँगै बिहे गर्ने चाहना बढेको देखिन्छ। नीताको मात्र होइन, अन्य केही नायिकाको पनि मनमा यो खालको हुटहुटी बढेको फेसबुक स्टाटसबाट वुझ्न सकिन्छ।
नीताले सामाजिक सञ्जालमा मात्र स्टाटस लेखेर बस्ने कि, बिहेका लागि मनले खाएको व्यक्ति पनि रोजेर झ्याँई पार्ने? यसको जवाफ नीता आफैले दिने छिन्।