काठमाडौं– अनुष्का श्रेष्ठले डिसेम्बर १४ मा लण्डनमा आयोजना हुन लागेको ‘मिस वर्ल्ड’ प्रतियोगीतामा नेपालबाट प्रतिनिधित्व गरिरहेकी छिन्। १२४ देशका सुन्दरीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपाली सुन्दरी अनुष्का उत्कृष्ट ४० मा पुगेकी छिन्। यो पनि नेपालका लागि गौरवको कुरा हो।
दुई चरणमा हुने ‘हेड टू हेड’ च्यालेञ्ज जितेर उनले आफूलाई टप ४० मा पुर्याएकी हुन्। अनुष्काले पहिलो चरणको ‘हेड टू हेड’ च्यालेञ्ज इन्डोनेशिया र दोस्रो चरणको च्यालेञ्ज मेक्सिकन सुन्दरीसँग गरेकी थिइन्। ती दुबै देशका सुन्दरीलाई पछि पार्दै अनुष्काले आफूलाई टप ४० आफुलाई मा सुरक्षित गरेकी हुन्।
अनुष्का मल्टिमिडिया अवार्डको पनि दावेदार बनिरहेकी छिन्। भोटिङको आधारमा हुने यो अवार्डको टप ३ मा अनुष्का परिसकेकी छिन्। मल्टिमिडिया अवार्डको लागि मेक्सिको र मंगोलियाकी सुन्दरीसँग उनले प्रतिस्प्रधा गरिरहेकी छिन्। यस्तै, ‘व्यूटी विथ पर्पोज’ को उत्कृष्ट १० मा अनुष्काले आफ्नो स्थान बनाइसकेकी छिन्। यो विधा जितेको खण्डमा अनुष्का उत्कृष्ट १६ मा पुग्नेछिन्।