काठमाडौं— नेपाली गीत संगीतमा अहिले बिष्णु माझीको नाम सबैभन्दा उचाईँमा छ। दर्शकको पहिलो रोजाईकी भनिने गायिका बिष्णु माझीका धेरै गीत पछिल्लो समय असफल छन्। हाल अमेरिकामा बस्दै आएका लोकप्रिय गायक बिमल डाँगीले ‘आकाशैको जुन तारालाई’ भन्ने गीतमा कुन गायिकाको आवाज राख्दा राम्रो होला भनेर फेसबुकमा स्टाटस् लेखे, ‘पानसमा बत्ती बालेको’ गीतबाट चर्चामा आएका बिमललाई धेरैले सोही गीतबाट नै चिनेको कारण धेरै जना कमेन्टमा लेख्न बाध्य भए।
जसमा गायिकाहरु बिमाकुमारी दुरा, लक्ष्मी न्यौपाने, बिष्णु माझी, देवि घर्ती, पूर्णकला वि.सी., टिका पुन, शान्तिश्री परियार, जुना श्रीष र कोही–कोहीले टिका सानुको पनि नाम लिए। सबैभन्दा धेरै बिष्णु माझी र बिमाकुमारी दुरालाई राख्ने सल्लाह पाएका बिमलले केही दिनपछि सबैभन्दा महङ्गी बहुचर्चित गायिका बिष्णु माझीलाई राख्ने निर्णय भयो भनी लेखे। उनका शुभचिन्तकहरुले उनको गीतबाट ठूलो आशा राखे तर गीत बजारमा आएर बिमल डाँगीको पुरानो लोकप्रियता फर्काउन सकेन। उनले गीतमा राम्रै लगानी गरेतापनि गीत राम्रो बन्न सकेन।
धिरेन शाक्य र रक्षा श्रेष्ठ जस्ता कलाकारहरुलाई उनले भिडियोमा लिएका छन्। ६ लाख भन्दा बढी सस्क्राईब भएको यो च्यानल पनि कुनै नयाँ च्यानल होईन। बिन्धावासिनी म्यूजिक भनेको पुरानो लोकप्रिय म्यूजिक कम्पनी हो। बजारमा १ लाख पारिश्रमिक लिने गायिका भनेर चिनिने बिष्णु माझीलाई उनले दिएको पारिश्रमिक जुवा खेलेजस्तै गरि गयो। नोभेम्बर ८ तारिखमा सार्वजानिक भएको गीत अहिले सम्म भिउजको हिसाबले पनि कम छ। माया पिरतीका मार्मिक गीत गाउँने भनेर चिनीएका गायक र अहिलेकी महङ्गी भनेकी गायिकाको आवाजले कुनै प्रभाव पारेन।
१५–२० हजार पारिश्रमिक लिएर व्यावसाहिक रुपमा गाउने गायिकाहरुको बजारमा अहिले कमी छैन। केही सर्जक र स्टुडियोका मालिकको सिफारिसमा बिष्णु माझीलाई १ लाख तिरेर पछुताउने बिमल मात्र पहिलो व्यक्ति होईनन्। धेरै नयाँ कलाकार र लगानी कर्ताहरु अहिले पछुताईरहेका छन्। बिमल डाँगी जस्ता अग्रज कलाकारहरु त यसरी हल्लामा फसेर पैसा गने भने अरु नफस्ने कुरै भएन। यो हल्लामा फस्नु पूर्व सबैले गम्भीर भएर सोच्नु जरुरी छ।
https://www.youtube.com/watch?v=7dN9m-P2vTg