एजेन्सी– बलिउड सेलीब्रेटीहरुको आम्दानीकाे स्रोत भनेको एड र फिल्म हो। तर उनीहरुले सामाजिक सञ्जालममार्फत पनि पैसा कमाउने गरेका छन्। स्टार्सहरु इनस्टाग्राममा पोस्ट गरेबापत लाखौं–कराेडाैं रकम लिने गर्छन्।
भर्खरै मात्र सोसियल मिडिया म्यानेजमेन्ट कम्पनी हापर्स एच क्यूले इन्स्टाग्राम रिच लिस्ट २०१९ सार्वजनिक गरेको छ। यसमा बलिउड स्टारको प्रति पोस्टको चार्ज निम्नानुसार उल्लेख गरिएको छः
१) प्रियङ्का चोप्डाः ग्लोबल एक्ट्रेस प्रियङ्का चोप्डाको इन्स्टाग्राममा ४० मिलियन भन्दा पनि बढी फलोअर्स छन्। उनी एक स्पोन्सर्ड पोस्टको लागि १. ८७ करोड भारू चार्ज लिन्छिन्। हाल प्रियङ्का दिल्लीमा फिल्म ‘द ह्वाइट टाइगर’को सुटिङमा व्यस्त छिन्।
२) अमिताभ बच्चनः अमिताभ बच्चन पनि सोसियल मिडियामा निकै सक्रिय छन्। उनले एक इन्स्टाग्राम पोस्टको ४०–५० भारू लाख रकमको चार्ज लिन्छन्। उनी प्रायः आफ्नो ट्विटर एकाउन्डमा सक्रिय हुन्छन्। उनी ट्विटरमा आफ्नो जोक्स र कविताहरु ट्विट गरिरहेका हुन्छन्।
३) आलिया भटृः सोसियल मिडियामा निकै सक्रिय रहेकी आलिया भट्टले इन्टाग्राम मात्र नभएर आफ्नै युट्यूव च्यालन पनि लन्च गरेकी छिन्। उनले इन्स्टाग्रामा एउटा पोस्ट सियर गरेबापत १ करोड भारू चार्ज लिन्छिन्।
४) शाहरुख खानः शाहरुख खान अहिले सामाजिक सञ्जालको दुनियाबाट अलि टाढा नै छन्। उनले हालै पोस्ट गरेका क्यालीफोर्नियाको फोटोलाई दर्शकले खुब रुचाएका थिए। उनले एक पोस्टको ८० लाख देखी १ करोड भारूसम्म चार्ज लिने गरेका छन्।
५) शाहिद कपूरः कबिर सिंह फिल्मबाट निकै चर्चित भएका शाहिद कपूरको डिमाण्ड हाल बलिउड इन्डस्ट्रीमा निकै बढेको छ। उनको कबिर सिंह फिल्म हिट भएसँगै फ्यान्स् फलोअर्स पनि बढ्न थालेको छ। उनले एउटा इन्स्टा पोस्टको लागि २० देखि ४० लाखसम्म भारू लिन्छन्।
६) नेहा धूपियाः नेहा फिल्मी दूनियाबाट टाढा रहेपनि उनको चमक आज पनि उत्तिकै छ। उनको प्रत्येक इन्स्टा पोस्टमा १ लाख भन्दा बढी लाइक्स आउँछ र उनले पनि प्रत्येक पोस्टको १.५ लाख भारू लिने गरेकी छिन्।