काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद(साग) को औपचारिक समापन भएको छ। नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्यसहित कुल २ सय ६ पदक हात पार्दै दोस्रो स्थान हासिल ग¥यो।
१३ औें सागमा नेपालले अहिलेसम्मकै सर्वाधिक ५१ स्वर्ण हात पा¥यो। नेपालको पौडिबाज गौरिका सिंह एक्लैले नेपाललाई ऐतिहासिक ४ स्वर्ण दिलाइन्। उनी सागको एकै संस्करणमा चार स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी तथा नेपालको सर्वाधिक सफल खेलाडी बनिन्।
बुधबार प्रधानमन्त्री केपी ओलीले १३ औं सागमा पदक विजेता खेलाडीलाई नगद पुरस्कार गरे। प्रधानमन्त्रीले गरेको घोषणामा सागमा दुई वा दुईभन्दा बढी स्वर्ण जित्नेलाई जनही ११ लाख पुरस्कार दिइने बताइएको छ। यससँगै गौरिकाले सबभन्दा धेरै पाउने रकम पुरस्कारस्वरुप पाउने भएकी छिन्।
प्रधानमन्त्रीको घोषणाअनुसार सागमा ४ स्वर्ण जित्ने गौरिका सिंहले ४४ लाख पाउने छिन्।यस्तै, रजत जित्नेलाई ६ लाख घोषणा गरिएअनुसार २ रजत जितेकी गौरिकाले थप १२ लाख पाउनेछिन्। यसरी हेर्दा उनले कम्तिमा ५६ लाख पाउने छिन्। घोषणमा टिम इभेन्टमा कास्य जित्नेलाई कति दिने खुलाइएको छैन। यसमा पनि पुरस्कार दिइए गौरिकाले पाउने पुरस्कार रकम अझै बढ्नेछ।