एजेन्सी – क्लब फुटबल जगतको सबैभन्दा ठूलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने १६ टोलीको टुंगो लागेको छ।
बुधबार राति ८ टोलीले नकआउट चरणमा स्थान बनाएसँगै नकआउट चरणमा पुग्ने सबै टोलीको छिनोफानो भएको हो। नकआउट चरणको ‘ड्र’ १६ डिसेम्वरमा हुँदैछ। नकआउट चरणमा पुग्न सफल टोलीमध्य अब समूह विजेताले अर्को कुनै समूहको उपविजेतासँग खेल्नेछन्।
यद्यपि प्रतिद्वन्द्वी छनोट गर्दै दुवै टोली फरक राष्ट्रको प्रतिनिधित्व गरेको हुनुपर्नेछ। समूह विजेता टोलीले अन्तिम १६ को पहिलो लेग अवे मैदान र दोस्रो लेग घरेलु मैदानमा खेल्नेछन् । यसपटक केहि ठूला टोली समूह उपविजेताको रुपमा अगाडि बढेकाले पनि अन्तिम १६ को खेलमा नै केहि ठूला टोली आमनेसामने हुने सम्भावना रहेको छ ।
समूह ‘ए’ – पीएसजी (विजेता), रियल मड्रिड (उपविजेता)
समूह ‘बी’ – बायर्न म्युनिख (विजेता), टोटेनहम (उपविजेता)
समूह ‘सी’ – म्यानचेस्टर सिटी (विजेता), एटलान्टा (उपविजेता)
समूह ‘डी’ – युभेन्टस (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)
समूह ‘ई’ – लिभरपुल (विजेता), नेपोली (उपविजेता)
समूह ‘एफ’ – बार्सिलोना (विजेता), बोरुसिया डर्टमन्ड (उपविजेता)
समूह ‘जी’ – आरबी लेइप्लिज (विजेता), लियोन (उपविजेता)
समूह ‘एच’ – भ्यालेन्सिया (विजेता), चेल्सी (उपविजेता)