एजेन्सी– पाकिस्तानको लाहोरमा हजारौंको संख्यामा वकिलहरुहरुले अस्पतालमा तोडफोड गरेका छन्। उनीहरुले चिकित्सकसँग बदला लिनका लागि अस्पतालमा प्रवेश गरि तोडफोड गरेका हुन्।
यो हनलामा ३ जना बिरामीको मृत्यु भएको छ। यस प्रखशनबाट ४० वकिललाई गिरफ्तार गरिएको मानवअधिकार मन्त्री शिरानी माजरीले ट्वीट गरेर यो जानकारी दिएका छन्।
बुधबार लाहौरको पंजाब इन्स्टीच्युट अफ कार्डियोलोजीमा ठूलो संख्यामा वकिलले हमला गरेका हुन्। वकिलले भने ‘आफूहरुले दुई साताअघि एक वकिलमाथि डाक्टरले गरेको हमलाको बदला लिन यस्तो गरेका हौँ।’