काठमाडौं–यो वर्षको ‘कामना फिल्म अवार्ड’ को पाँचौ सस्करणको मिति घोषणा गरिएको छ। पुष १९ गते शनिबार ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा यो कार्यक्रम आयोजना हुने भएको छ। यो वर्षको अवार्डमा जम्मा २६ विधा समावेश छन् यी बाहेक एसएमएस भोटिङका आधारमा ‘नम्वर वन पपुलर च्वाइस अवार्ड’ पनि प्रदान गरिनेछ। यो विधामा नायिकाहरु वर्षा राउत, श्रृष्टी श्रेष्ठ, साम्राज्ञी राज्यलक्ष्मी शाह, प्रियंका कार्की र स्वस्तिमा खड्का मनोनयनमा परेका छन्।
अवार्डमा चलचित्र क्षेत्रमा योगदान पु¥याएको आधारमा पर्दामा देखिने र पर्दा पछाडि बसेर नेपाली चलचित्रको विकासमा योगदान पुर्याउने एक÷एकजना चलचित्रकर्मीलाई जनही १ लाख नगदसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने आयोजकले बताएको छ। नेपालमा पछिल्लो समयमा अवार्ड प्रति दर्शक र चलचित्रकर्मीको नै विश्वास उडिसकेको छ।
अवार्ड समारोहमा चलचित्रकर्मीको फितलो उपस्थिती, राम्रोलाई भन्दा हाम्रालाई अवार्ड दिने प्रचलन बढिरहेको छ। झन्न विदेशमा आयोजना हुने अवार्डमा त जो पुग्यो उसैलाई अवार्ड दिने चलन बढेको छ। यस्तो अवस्थामा गतबर्ष चलचित्रकर्मी र दर्शकको मन जितेको कामना अवार्ड यसपटक पनि कम भन्दा कम विवाद रहित हुने अपेक्षा गर्न सकिन्छ।