काठमाडौं– लोकप्रिय गायिका जानकी तारामी मगरले आज आफ्नो जन्म दिनको अवसर पारेर निकै राम्रो लोकदोहोरी गीत ‘देउरालीमा बतासै चल्यो’ सार्वजानिक गरेकी छिन्। शिव हमालको शब्द,संगीत रहेको गीतमा रामजी खाँड र जानकी तारामीकै आवाज रहेको छ। आशिष अविरलको उत्कृष्ट संगीत संयोजन रहेको गीत राग स्टुडियोमा रेकर्डिङ् गरिएको हो।
प्रकाश भट्टको निर्देशनमा रहेको गीतको म्यूजिक भिडियोमा रामजी खाँड र अन्जली अधिकारी उत्कृष्ट नृत्य र त्यस्तै रोमान्स पनि देख्न सकिन्छ। गीतमा एकदमै मौलिक शब्दको प्रयोग गरिएको छ। गीतमा माया प्रेममा रहेका जोडीले एकले अर्कोलाई मैले जस्तै तिमीले के माया गर्थेउ वा सम्झिन्थ्यौ थोरै माया गरिदिए पुग्छ भन्ने भाव रहेको छ।
विगत लामो समयदेखि निकै राम्रा प्रस्तुति दिदैं आएकी जानकीले यो गीतलाई पनि निकै राम्रो बनाउने प्रयास गरेकी छिन्। त्यसैले समग्रमा गीत एकदमै राम्रो बनेको छ। जानकी तारामी को यूटूब च्यानबाट बजारमा उपलब्ध छ।
https://www.youtube.com/watch?v=ZcFra0OhTWY