एजेन्सी– विश्वमा सबैभन्दा बढि सफल भएको अनलाइन सपिङ अमेजनको संस्थापक जेफ बेजोस आधुनिक इतिहासको सबैभन्दा धनी व्यक्ती बनेका छन्। हालै उनी बिल गेट्सलाई पनि पछि पारेर विश्वकै धनी बनेका हुन्।
बेजोसको सम्पत्ति करिब १ सय ५० अर्ब डलर रहेको छ। बेजोसले माईक्रोसफ्टका संस्थापक विल गेट्सलाई ५५ अर्ब डलरले पछाडि पारेका छन्। ब्लूमवर्गका अनुसार विल गेट्सको सम्पत्ति भने ९५.३ अर्ब डलर छ। जेफ बेजोसको जन्म सन् १९६४ जनावरी १२ अल्बुकर्क न्यू म्याक्सिको सहरमा भएको थियो।
उनको हजुरबुबा अमेरिकामा एटोमिक उर्जा अयोगका क्षेत्रीय निर्देशक थिए। बेजोसमा सानैदेखि विज्ञान र प्रविधिमा रुचि थियो।। उनले एक पटक भाइबहिनीलाई आफ्नो कोठाबाट बाहिर राख्न एक इलेक्ट्रिक अलार्मसमेत बनाएका थिए।
सन् १९८६ मा जेफले प्रिन्स टन विश्वविद्यालयबाट आफ्नो स्नातक तहको पढाई सकाएका थिए। त्यसपछि उनी वाल स्ट्रीटमा कम्प्युटर विज्ञान सम्बन्धी नै काम गर्न गए। उनले अन्तर्राष्ट्रिय व्यापारमा फिटेल कम्पनीबाट नेटवर्क बनाए। त्यहाँबाट उनले बैंकर कोषमा काम गरे र डिईस कम्पनीमा पनि काम गरे।
सन् १९९४ मा अमेजन डट कम अनलाई बुकस्टोरको रुपमा स्थापना गरे। यो छोटो समयमानै लोकप्रिय बनेपछि १९९८ मा उनले ४ सय वटा फोर्वसको लिस्ट बनाए। अहिले बेजोस (२०१९ मा) १०७.८ बिलियन डलरको मालिक बनेका छन्।
जेफ बेजोस सफल हुनुको मुख्य तीन कारणहरुः
१) असफलताको लागि तयार हुनु
उनले अमेजन खोल्ने बेलामा अनलाइन दुनिया त्यती सहज अनि प्रसिद्ध थिएन। अझ भनौं अनलाइनको चलन नै थिएन। उनले सफलता पाउछु भन्ने कल्पना नै नगरि रिक्स लिएर अमेजन खोलेका थिए। उनले अमेजनको असफलताकपश्चात के गर्ने भनेर पहिले नै योजना बनाइसकेका थिए। सफल हुने निश्चित नभएपनि असफलताको सामना गर्न उनी तयार थिए।
२) दुर दृष्टि साथै प्रतीक्षा गर्ने क्षमता हुनु
प्रतीक्षाको फल मिठो हुन्छ भनेजस्तै बेजोस मिठो फलको लागि लामो प्रतीक्षा र संघर्षको लागि तयार थिए। दुर दृष्टि भएका उनले अमेजनको शुरुवाती दिनमा नै लगानीकर्तालाई कम्पनीले नाफा कमाउन वर्षौं लाग्ने बताएका थिए। बेजोसको अनुसार काम सधै सजिलो हुँदैन। लाभदायक बन्नको लागि आफुले आफ्नो तरिकाले काम गर्नु सक्नुपर्छ। लामो खेल खेल्न र दीर्घकालिन सोच राख्न आवश्यक रहेको कुरा उनको मार्गदर्शनमा समावेश छ।
३) सानो चिजबाट सुरुवात गर्नु
हजारौं माइलको यात्रा एक पाइलाबाट शुरु हुन्छ भनेझैं अमजेनले बुक्सको बिक्रिबाट आफ्नो यात्राको शुरु गरेको थियो। जुन अनलाइन साम्राज्यको लागि एक विनम्र र सरल सुरुवात थियो। हाल यसले थुप्रै सामानहरुको बिक्रि गर्छ। आजको आधुनिक समयमा अमजेनले अनलाई सपिङमा जुन साम्राज्य बनायो त्यसले मानिसलाई सफल हुनको लागि साना कुराबाट नै सुरु गर्नुपर्छ भन्ने ज्ञान दिन्छ।
मानिसमा जुन कुराको बारेमा ज्ञान छ त्यही कुराको सानो पाटोबाट यात्रा सुरु गर्नुपर्छ र त्यसलाई विस्तार गर्दै अघि बढ्नुपर्छ भन्ने कुरा उनीबाट सिक्न सकिन्छ। एकल व्यत्तीले सुरुवात गरेको एमाजोन अनलाइन नयाँ संसारको लागि पावर हाउस बनेको छ।
उनका केही प्रख्यात भनाइहरुः
१) यदि तपाइँले आफ्नो व्यापारको विवरण बुझ्नु हुन्न भने तपाईं अवश्य असफल बन्नु हुन्छ।
२) असफल हुनुमा हैन कोशिस नगर्नुमा पश्चताप गर्नुपर्छ।
३) कम्पनी चमकको पछि पर्नु हुँदैन्, चमक क्षणिकको लागि मात्र हो।
४) यदि तपाइँले राम्रो अनुभव बनाउनु भयो भने ग्राहकहरु यस बारे एकअर्कासँग कुरा गर्छन्। शब्द नै सबैभन्दा ठूलो शक्ति हो।