काठमाडौँ– नेपालकै सबै भन्दा ठूलो अनलाइन सपिङ साइट दराजले ११.११ को बिग सेलको सफलता पछि वर्षको अन्त्यतिर अर्को किनमेल मेला ‘१२.१२’ आयोजना गर्ने भएको छ। यो अभियान बिहीबार देखी सुरु भएर पुष २ सम्म लागू हुने कम्पनीले उल्लेख गरको छ।
यस योजनामा ग्राहकले स्वदेशी तथा अन्तर्रा्ष्ट्रिय ब्राण्डका सामानमा ६० प्रतिशत सम्मको छूट प्राप्त गर्नेछन्। दराजका अनुसार अभियानमा ‘मिसन १२.१२’ र ‘वान रुपी गेम’ जस्ता नयाँ र रमाइला गेममा पनि उपहार जित्न सकिने छ।
साथै मेलाको अवसरमा उपभोक्ताले ‘क्रेजी भउचर’ पनि पाउने दराजले जनाएको छ । उपभोक्ताले दराजका बैंकिङ पार्टनरको डेबिट र क्रेडिट कार्ड प्रयोग गरि अनलाईन पेमेन्ट गर्दा थप २० प्रतिशत तथा १५ सय सम्मको छूट पाउने उल्लेख छ।
कम्पनीका अनुसार ११.११ मा दराजको एप र वेबसाइटमा तीन लाख ५० हजारभन्दा बढी प्रयोकर्ताको उपस्थिति रहेको थियो। जुन गत वर्षको ११.११ को तुलनामा ७५ प्रतिशत बढी हो।