काठमाडौं– अहिले टिकटकमा चर्चामा रहेकी सुन्दरी हुन् उषा उप्रेती। टिकटकमा करिब ४ लाख फलोअर्सकी धनी उषाले प्रेमी सागर थापासँग गरेको रोमान्सका दृश्यहरुले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। प्रशङ्ग हो अष्ट्रेलियामा रहेका गायक सन्जिब खरेल र निकिता थापाको स्वरमा तयार भएको गीत प्रेम कहानीको म्यूजिक भिडियोको।
उषा र सागरको अभिनय रहेको गीत ‘प्रेम कहानी’ सार्वजनिक भएको छ। यो भिडियोलाई प्रबिन भट्टले सम्पादन तथा निर्देशन गरेका हुन्। अनिल के मानन्धर र करन चैसरको छायाङ्कन रहेको भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको छ। गायक स्वयमको शब्द रहेको गीतको संगीत संयोजन उदयराज पौडेलले गरेका हुन्।
https://www.youtube.com/watch?v=QeJem5rnAQA