एजेन्सी– एप्पलले २०२१ मा पोर्ट बिनाको नयाँ आइफोन लन्च गर्ने भएको छ। टेक एनालिस्ट मिंग ची क्योले हालै सार्वजनिक गरेको एक रिर्पोटमा २०२१ मा अमेरिकी कम्पनीले वायरलेस आइफोन लन्च गर्ने तयारीमा रहेको बताएका छन्।
अन्य मोबाइलको जस्तै अहिले आइफोन चार्ज गर्नका लागि आइफोनमा पनि यूएसबी पोर्टको प्रयोग गरिन्छ। तर अब भने कम्पनीले युएसबी र्पोट हटाएर बिना र्पोटको आइफोन बजारमा ल्याउने तयारी गरेको हो। पुरानो मोडलको तुलनामा यो बढी आकर्षक हुनेछ र लाइटिंग पोर्ट राखिने छैन।
२०२० मा नयाँ आइफोन एस ई लाई पहिलो चरणमा नै एपल आइफोन एस ई २ बनाएर लन्च गरिने क्याले जनाएको छ। सो आइफोन ४.७ इन्चको डिस्प्लेसहित विभिन्न ८ किसिमका साइज र डिजाइनमा बजार भित्रिने छन्। फोनमा अपडेटेड सिंगल क्यामरासहित अन्य थुप्रै व्यवस्था रहने क्यो ले बताएका छन्।
बजारमा आउने नँया आइफोन ६.७ इन्च, ६.१ इन्च र अर्को सुरुवातीमा ५.४ इन्च को हुने अनुमान गरिएको छ। सबैमा ६ गिगा हर्ज र ५ जी एमएम वेभ सर्पोट जडान गरिएको हुनेछ।