काठमाडौं– शनिबारबाट शुरु हुने सहिद स्मारक ए डिभिजन फुटबल लिगको मुख्य प्रायोजकमा कतार एयरवेज रहने भएको छ। नेपालको शीर्ष डिभिजनको फुटबल प्रतियोगिताको मुख्य प्रायोजन एयरलाइन्सले गर्ने भएको हो।
कतार एयरलाइन्स र अखिल नेपाल फुटबल संघ (एन्फ)बीच बिहिबार ए डिभिजन लिग मुख्य प्रायोजनको सम्झौता भएको छ। कतार एयरवेजसँग एन्फाको एक वर्षे सम्झौता भएको हो। जस अनुसार कतार एयरवेजले १ लाख ५० हजार डलर उपलव्ध गराउने छ।
एयरवेजले एन्फालाई दुई किस्तामा रकम दिनेछ। पहिलोमा ९० हजार र दोस्रो मा ६० हजार डलर दिने सम्झौतामा उल्लेख गरिएको छ। ए डिभिजन लिग बिजेता टिमले नगद ५० लाख पाउने छ।