काठमाडौँ– अब काठमाडौं उपत्यकाका कुनै पनि ठाउँमा बसेरै ट्याक्सी अर्डर गर्न सकिने छ। ट्याक्सीमाण्डु सर्भिसले ल्याएको ‘ट्याक्सीमाण्डु’ मोबाइल एप्समार्फत घरमै बसेर ट्याक्सी अर्डर गर्न सक्ने सुविद्या सुरु भएको हो।
स्मार्ट फोन प्रयोगकर्ताले आफ्नो मोबाइलको प्ले स्टोरमा गइ ‘ट्याक्सीमाण्डु’ एप्स डाउनलोड गरेर यो सेवा लिन सक्ने प्रालिले जनाएको छ। उक्त एप्समार्फत नै भाडा तिर्न सकिने छ। कहाँ पुग्ने, कति दुरी र कति भाडा लाग्छ सवै जानकारी उक्त एप्समै हुने भएकाले यात्रुलाई सहज हुने प्रालिका प्रवन्ध निर्देशक अर्जुन केसीले बताए।
उनले अहिले काठमाण्डौं, भक्तपुर र ललितपुरमा ट्याक्सी सेवा दिने विस्तार उपत्यका बाहिर पनि यो सेवा विस्तार गर्ने बताए। अहिले काठमाण्डौं उपत्यकामा ट्याक्सीमाण्डुमार्फत १२०० ट्याक्सीले सेवा दिन लागेको केसीले बताए ।