एजेन्सी– सन् २०१९ को विस्तारै विदा हुँदैछ। यो सँगै बलिउड चलचित्रको वार्षिक समिक्षा पनि सार्वजनिक हुन थालेका छन्। यो बर्ष गुगलमा सर्वा्धिक खोजिएको चलचित्रमा ‘कविर सिंह’ परेको छ। भारतमा गुगल प्रयोग गर्ने प्रयोगतकर्ताले साहिद कपुरको मुख्य भूमिका रहेको चलचित्र ‘कविर सिंह’ लाई सर्वाधिक खोजेका छन्।
यो सूचीको दोश्रो स्थानमा हलिउड चलचित्र ‘एभेन्जर्स इन्डगेम’ छ। यो सूचीमा हलिउड चलचित्र ‘जोकर, क्याप्टेन मार्भल’ र बलिउड चलचित्र ‘सुपर ३०’ पनि छन्। साहिद कपुर र कियरा अडवाडी अभिनित चलचित्र ‘कविर सिंह’ ले यो बर्ष बक्स अफिसमा २८० करोड हारहारीको व्यापार गरेको थियो। यो वर्षको सर्वाधिक कमाई गरेकोे चलचित्रमा यो चलचित्र पर्छ।