एजेन्सी– एप्पलको नयाँ म्याक प्रो बजारमा आएको छ। ३२ जीबी र्याम, अक्टाकोर इन्टेल एक्सइओन सीपीयू, रेडोन प्रो ५८०X ग्राफिक्स र २५६ जीबी एसएसडी राखिएको म्याक प्रो मंगलबार देखि बजारमा अाएकाे हाे।
यसको मूल्य ५ हजार ९९९ अमेरिकी डलरबाट सुरु हुने भए पनि एकदमै शक्तिशाली म्याकको मूल्य भने ५२ हजार ५९९ डलर अर्थात करीब ६० लाख नेपाली रुपैयाँ राखिएको छ। जुन कुनै एउटा म्याकका लागि हालसम्मकै महंगो मूल्य हो।
थप प्रोसेसर, १.५ टीबीको २९३३ मेगाहर्ज र्याम, ३२ जीबीका दुई ओटा जीपीयू, एसएसडी, आफ्टरबर्नर एक्लिरेटर कार्ड, ह्वील, म्याजिक कीबाेर्ड तथा माउस, म्याजिक ट्र्याक प्याड सहितका लागि भने किर्तिमानी मूल्य राखिएको छ।