काठमाडौं– राजस्व अनुसन्धान विभागले राजस्व छलीमा राजस्व संलग्नमा विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा हालेको छ। विभागका अनुसार करिब ६ करोड १४ लाख रुपैयाँ विगो दाबी गर्दै मुद्दा दायर विभिन्न कम्पनी तथा व्यक्तिविरुद्ध मुद्दा हालिउको हो।
विभागले भ्याटका झुटा तथा नक्कली विजकको प्रयोग गर्ने एस एण्ड एस अफसेट प्रेस तथा भन्सार चोरी पैठारी गर्ने विभिन्न व्यक्तिबाट विगो, दोब्बरसम्म जरिवाना र ३ वर्ष कैद सजायको माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ भने काभ्रे पोखरीचौर ८ का स्थायी हाल काठमाडौं बस्ने एस एण्ड एस अपसेट प्रेसका प्रोप्राइटर रामशरण गौतमलाई राजस्व चुवाहट गरेको अभियोगमा २ करोड ७९ लाख विगो कायम गरी सोको दोब्बरसम्म जरिमाना र ३ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरेको छ।
त्यस्तै एस एण्ड एस अफसेट प्रेसले वस्तु तथा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली मुअकर विजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसूर गरेको विभागले दाबी गरेको छ। उता, नुवाकोट विदूर नगरपालिका, १३ बस्ने सन्तबहादुर ओझासहित ६ जनाले राजस्व चुहावट गरेको अभियोगमा १ करोड ७२ लाख बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुदा दर्ता भएको छ।
बिदूर नगरपालिकाका सन्तबहादुर ओझा, सन्तोष राई, रन्जिप श्रेष्ठ, बैतडी पुचौडी भट्ना गाउँपालिका ८ का कृष्णानन्द भट्ट, वीरगञ्ज महानगरपालिका ३ का निजामुद्धिन र तेह्रथुम आठराई गाउपालिका ४ का अभयराज घिमिरेसमेत ६ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय गाडी नेपालमा नक्कली नम्वर प्लेट लगाई विक्री वितरण गरेको आरोपमा विभागले मुद्दा दर्ता गरेको छ। उनीहरुविरुद्ध १ करोड ७२ लाख राजस्व चुहावट गरेको कसुर लागेको छ। जम्मा विगो र त्यसको दोब्बरसम्म जरिमाना तथा ३ वर्ष कैद माग गर्दै विभागले मुद्दा दर्ता गरेको हो।
विभागले सोही समूहविरुद्ध दोस्रो राजस्व छलिको आरोपमा १ करोड ६३ लाख विगो दावि गर्दै मुद्दा दर्ता गरेको छ। रन्जिप श्रेष्ठसहित सन्तोष राई, सन्तबहादुर ओझा, कृष्णानन्द भट्ट र निजामुद्धिन समेत ५ जनाले भारतबाट भन्सार चोरी पैठारी गरी भारतीय गाडी नेपालमा ल्याइ नक्कली नम्वर प्लेट लगाएर विक्री वितरण गरेको आरोप लागेको छ। यस मुद्दामा १ करोड ६३ लाख विगो दाबी र ३ वर्ष कैद सजाय माग गरिएको आयोगले जनाएको छ।