काठमाडौं _ बालबालिकाको हितमा सक्रिय रहँदै आएको संस्था ‘राउन्ड टेबल नेपाल’ ले सर्कसको आयोजनागर्ने भएको छ।
आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी राउन्ड टेबलले बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएकाहरुको संस्था ‘सर्कस काठमाडौं’ सँगको समन्वयमाआउँदो शनिबार ‘जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउने जानकारी गराएको छ। कार्यक्रम २८ मंसिरको अपरान्ह साँढे तीन देखि साँढे पाँच बजेसम्म हुने जनाइएको छ।
‘राउण्ड टेबल १२’ काअध्यक्ष सज्जनअग्रवालले सर्कसमा सहभागीहरु विगतमा मानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए। कार्यक्रममा ४७० विपन्न र आश्रित बालबालिकाहरु सहभागीहुने बताए। राउन्ड टेबुलको संयोजनमा प्रस्तुत हुने सर्कसबाट संकलित रकम बालिबालिकाको हितमा खर्च हुने ‘राउण्ड टेबल २५’ काअध्यक्ष साहिल अग्रवालले जानकारी गराए।
राउण्ड टेबलले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणल गायतका क्षेत्रमा टेवापुग्ने कार्य गर्दै आएकोमा बाल्यावस्थामा पीडामा परेकाहरुलाई सहभागी गराई बालहितमा सर्कस आयोजनागर्न लागेको अग्रवालले बताए। उनले भने, ‘संकलित रकम बालबालिकाको हितमा खर्च गरिनेछ।’ मानव तस्करीबाट निस्किएका बालबालिकाहरुद्धारा जागरुकता अभियान चलाउने र मानव तस्करीबाट बच्न सचेतना कार्यक्रम चलाउने बताए।
कार्यक्रममा राउण्ड टेबलले सामाजिक परियोजनाबारे भिडियो प्रदर्शन गरिएको थियो। बालबालिकाको शिक्षाका क्षेत्रमा गरिएको कार्यक्रम भिडियोमा समावेश गरिएको छ।
के हो राउण्ड टेबल
राउण्ड टेबल नेपाल एक गैर सरकारी संस्थाहो। जसले केहिीदशक देखि सामुदायिक विकासको लागि विधालयनिर्माण, सम्भार, विधार्थाीलाई विविध किसिमका सहयोग जस्तै भूकम्प, बाढी, हावाहुरी लगायत विधिप्रकृतिक विपदहरुमा सक्रिय सहयोग, विशाल रक्तदान कार्यक्रम, वृक्षरोपण तथा विविध ज्ञानका विषयहरु प्रसारण गरी समाजमा सहयोग गर्दै आएको छ। यस अन्तर्राष्ट्रिय मैत्रीपूर्ण संस्थानमा ईच्छुक युवा पुस्ताहरुले आफ्नो व्यक्तिगत तथा व्यवसायिक रुपमा उन्नतीगर्ने मौका प्राप्त गर्दछन्।
राउण्ड टेबलको मुलधार शिक्षाबाट स्वतन्त्रतालाई आफ्नो नारा नेपालका विभिन्न जिल्लाहरुमा रहेको ४७ बटा विधालयहरुको विद्यार्थाीहरुका लागि तीन सय २२ वटा कक्षाकोठाहरु निर्माण गरी सहयोग छ। जसबाट बीस हजार भन्दा बढी विद्यार्थीहरु लाभांवीत भएको छ।
सन् १९९९ मा स्थापना भएको राउण्ड टेबल नेपालअन्तर्गत देशका विभिन्न स्थानहरुमा युवाहरुको स्वंय स्वेच्छीक योगदानबाट २८ वटा टेबल क्लब हरु स्थापना गरी हालसम्म निरन्तर रुपमा आर्थिक तथा सामाजिक रुपमा विपन्न विविध समुदायहरुलाई सहयोग गर्दै आइरहेको छ।