काठमाडौं– गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले प्रहरीले गर्ने सानो गल्तीले ठूलो रूप लिने भएकाले सतर्क हुनुपर्ने बताएका छन्।
शुक्रबार १७९ औं ब्याचबाट पास आउट भएका ९१ जना प्रहरी निरिक्षकको दिक्षान्त समारोहमा बोल्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन्।
उनले प्रहरी जिम्मेवार भएर काम गर्नुपर्ने बताए। ‘सानो गल्ती प्रहरी संगठन र सरकारलाई प्रत्युदपादक हुन्छ’, मन्त्री थापाले भने।त्यसैगरी उनले दिक्षित प्रहरीहरूलाई सम्बोधन गर्दै अधिकृतहरूको तालिममा राज्यले ठूलो लगानी गरेकाले त्यसको प्रतिफल दिनुपर्ने भनाइ राखे।
उनले पछिल्लो समय प्रहरीले प्रशंसनिय काम गरिरहेको समेत बताए। कार्यक्रममा १८ महिने तालिममा विभिन्न विधामा उत्कृष्ट प्रहरी निरिक्षकहरूलाई पुरस्कृत गरिएको थियो।