काठमाडौं– विषेशत प्रेमकथा सिनेमाका लागि चर्चित सुदर्शन थापा निर्देशित ‘म यस्तो गीत गाउँछु–२’ मा समाविष्ट पहिलो गीत रिलिज भएको छ। बिहीबार ‘तिम्रो घरको वरीपरी’ बोलको गीत रिलिज गरिएको हो। उक्त सार्वजनिक गीतमा पल शाह र पूजा शर्मालाई प्रेमिलो भावमा प्रस्तुत गरिएको छ।
अर्जुन पोखरेलको लेखन तथा संगीत रहेको गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको युगल स्वर रहेको छ। फागुन २३ गते रिलिज हुने ‘म यस्तो गीत गाउँछु–२’ मा पल र पूजाका अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारहरुको अभिनय रहेको छ।
https://www.youtube.com/watch?v=lcSRp-y_kw0