काठमाडौं– लोकप्रिय गायक मनिष वशिष्ठको शब्दमा रावणको स्तुतिगान गाईएको भर्खरै मात्र गीत सार्वजनिक भएको छ। गीतमा मनिष वशिष्ठ र सजन न्यौपानेको स्वर तथा संगीत रहेको छ। बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी रावण गीतको सार्वजनिक गरिएको हो।
‘रावण मा धार्मिक ग्रन्थमा उल्लेख भए अनुसार लंकाका राजा रावणको तारिफ गर्दै तयार पारिएको हो। मानिसले सधैभरि नकारात्मक पात्रलाई नकारात्मक दृष्टिले हेर्ने प्रचलन छ। त्यसैगरी रावणलाई आम जनमानसमा नकारात्मक पक्षको मात्रै जानकारी दिइएको कारण उनीलाई नकारात्मक दृष्टिले हेर्ने गरिन्छ। तर यस गीतमा रावण भित्रका सकारात्मक पक्षको चित्रण गीतमा गरिएको छ।
अर्थात रावणलाई देख्नासाथ राम मुग्ध भए र भने, ‘रूप, सौन्दर्य, धैर्य, कान्तिले सर्वलक्षणयुक्त हुँदा हुँदै पनि यदि रावण भित्र अधर्म बलवान हुँदैन थियो भने उनी देवलोकको पनि स्वामी बन्ने थिए सायद।’ यही श्लोकमा रहेर रचनाकार वशिष्ठले तयार गरेको गीतको कलात्मक भिडियो पनि सार्वजनिक गरिएको छ। गीतको भिडियो गम्भीर बिष्टको निर्देशनमा तयार पारिएको हो। नवराज उप्रेतीको सिनेम्याटोग्राफी, नविन निरौलाको सम्पादनमा तयार भिडियोमा कलाकार गजित बिष्टको अभिनय रहेको छ।
https://www.youtube.com/watch?v=uld_gr4zFzA