अनुहार हेर्दिन भन्यो उ जानजान आउँछ
चिठी पत्र म्यासेज कैयौं थान आउँछ।
सम्मान गर्न सिक्नुस् अरुलाई पनि
कमी छैन गिज्याउँनेहरुको बथान आउँछ।
माया दिए माया पाईन्छ भन्ने थाहा पाउँनुपर्छ
अरुको सम्मान गरे पो आफ्नो सम्मान आउँछ।
शत्रुलाई पनि मायाको लली पप दिएर फकाउँने मै हुँ
तर असल साथी बन्छु भन्दै अर्को महान आउँछ।
अरे यार धानको बालमा मोति खोज्नु हुन्छ
धान रोपेको बालीबाट सधैं धान आउँछ।
लेखकः पि. आर. रबिन्स